असोज ०६, २०८१, आइतबार
               

अस्पतालका २० स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

नेपाल फ्ल्यास
जेठ १३, २०७७

ADVERTISEMENT

बर्दिया । बर्दियाको गुलरिया नगरपालिकाका तीन जनामा कोरोना सङ्कमणको पुष्टि भएसंँगै जिल्ला अस्पतालका २० स्वास्थकर्मीलाई क्वारेन्टाइनमा राखिएको छ ।  

जिल्ला अस्पतालमा कार्यरत १४ स्वास्थकर्मीलाई एक स्थानीय होटेलको क्वारेन्टाइन र  छलाई होम क्वारेन्टाइनमा राखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुभाष पाण्डेले जानकारी दिए ।

अधिकांश स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेपछि आकस्मिकबाहेकका अस्पतालका सेवा बन्द भएका छन् । 

जिल्ला अस्पतालमा भर्ना भएका सबै बिरामी र स्वास्थकर्मीको स्वाब परीक्षण गरिने अस्पतालले जनाएको छ । 

स्वाब रिपोर्ट आएपछि मात्र अस्पतालको अन्य सेवा पुनःसञ्चालन हुने अस्पतालका मेसु पाण्डेले बताए ।  

जिल्लाका गुलरिया नगरपालिकाका चार तथा बाँसगढी नगरपालिका, राजापुर नगरपालिका र बढैयाताल गाँउपालिकाका एकएक गरी सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 


कस्तो लाग्यो ?

यो पनि