असोज ०६, २०८१, आइतबार
               

वालिङले नै फिर्ता ल्याएको थियो २ संक्रमितसहित ७ जना

नेपाल फ्ल्यास
जेठ १३, २०७७

ADVERTISEMENT

 स्याङ्जामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएका २ जनालाई सुनौलीबाट वालिङ नगरपालिकाले नै ल्याएको पाइएको छ ।

भारतको दिल्लीदेखि ट्रेनबाट सुनौली नाकासम्म आएका उनी उनीहरुले फोन गरेपछि नगरपालिकाले गाडी पठाएको थियो । चार दिनअघि गाडीमा ७ जना वालिङ आएका थिए, उनीहरु मध्ये दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हाम्रा नागरिक नाकामा अलपत्र नपरुन भनेरै हामीले गाडी पठाएर ल्याएका हौं,’वलिङ ल्याएको भोलिपल्ट उनीहरुको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । दुईजनामा संक्रमण पुष्टि भएपछि जिल्ला अस्पतालको आइसोलेसनमा राख्न पुतलिबजार पठाइएको छ । 

५ जना नगरपालिकाको क्वारेन्टाइनमा छन् । उनीहरुको नतिजा नेगेटिभ आए पनि पुन परीक्षणको तयारी भइरहेको मेयर खाँडले जानकारी दिए । 
 


कस्तो लाग्यो ?

यो पनि