असोज ०६, २०८१, आइतबार
               

गुल्मीमा देखिएका संक्रमितमध्ये एक जना जनप्रतिनिधि

नेपाल फ्ल्यास
जेठ १३, २०७७

ADVERTISEMENT

गुल्मी । गुल्मीमा सोमबार पुष्टि भएका दुई जनामध्ये एक जना जनप्रतिनिधि रहेको खुलेको छ ।

धुर्कोट गाउँपालिकाका प्रमुख प्रशासनीय अधिकृत काशीराम पन्थीले एक जना जनप्रतिनिधिमा कोरोना भाइस संक्रमण देखिएको जानकारी दिएका छन् । 

हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । जनप्रतिनिधिको सम्पर्कमा आएका व्यक्तिको खोजी सुरु भइसकेको छ ।

सोमबार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा गुल्मीको धुर्कोटमा दुई जनामा कोरोना देखिएको थियो । 

त्यसमध्ये एक जना भने क्वारेन्टाइनमा बसेका व्यक्ति हुन् । दुबै जनाको स्वास्थ्य सामान्य रहेको बताइएको छ ।

यसअघि गुल्मीको मदाने गाउँपालिका पुर्कोट दहमा दुई जनामा कोरोना देखिएको थियो । 

त्यसमध्ये एक जनाको मृत्यु भएको छ भने अर्का व्यक्ति दाङका वासिन्दा भए गुल्मीमा काम गर्ने कर्मचारी हुन् ।


कस्तो लाग्यो ?

यो पनि