बैशाख २४, २०८१, सोमबार
               

टिपरले ठक्कर दिँदा ड्युटीमा खटिएका सुरक्षार्कीको मृत्यु

नेपाल फ्ल्यास
जेठ १३, २०७७

ADVERTISEMENT

काठमाडौं । ड्युटीमा खटिएका एक सुरक्षार्कीलाई टिपरले ठक्कर दिँद मृत्यु भएको छ । 

भक्तपुरको मध्यपुरठिमी ४ मा टिपरको ठक्करबाट ड्युटीमा खटिएका सई निमबहादुर घर्तीमगरकाे मृत्यु भएको हो । 

गएराति बा.४ख ४७०१ र बा.४ख ४३१८ नम्बरका दुई टिपर आपसमा ठोक्किँदा ड्युटीमा खटिएका उनलाई ठक्कर दिएको थियो । 

महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी सविन प्रधानले घाइते निमबहादुरको नर्भिक अस्पतालमा उपचारका क्रममा मृत्यु जानकारी दिए ।

प्रहरीले दुवै टिपरका चालकलाई नियन्त्रणमा लिएको छ । एसपी प्रधानकाले बा.४ख ४३१८ नम्बरको टिपर चालक राकेश सैँजुले मादक पदार्थ सेवन गरेको पाइएको बताए । 


कस्तो लाग्यो ?

यो पनि