असोज ०६, २०८१, आइतबार
               

टोखा नगरपालिका सिल

नेपाल फ्ल्यास
जेठ १३, २०७७

ADVERTISEMENT

काठमाडाैं । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले दुई जनामा कोरोना सङ्क्रमित देखिएसँगै टोखा नगरपालिका क्षेत्रलाई सिल गरिएको बताए । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार थपिएका ७२ सङ्क्रमितमध्ये टोखा नगरपालिकाका रहेका बताएको छ । 

काठमाडौ‌ंको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिका वडा नं ३ टोखा बजार जाने उकालो नजिक र वडा नं ६ को धनेश्वरबाट ढलमलटार जाने बाटोमा भाडामा बस्ने दुई पुरुषमा कोरोना सङ्क्रमण देखिएको हो । 

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाका दुई व्यक्तिमा कोरोना सङ्क्रमित देखिएसँगै उक्त क्षेत्रलाई सिल गरिएको जानकारी दिए । 

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको संख्या बढेसँगै टोखा नगरपालिकाले आरसीटी र पीसीआर परिक्षणलाई तीव्रता दिएको थियो । 

टोखाले हालसम्म ८०० भन्दा बढी व्यक्तिको आरडिटी गर्दा १३ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुलाई पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो ।


कस्तो लाग्यो ?

यो पनि