बैशाख २१, २०८१, शुक्रबार
               

नेपालका पूर्वी भूभाग आसपासमा स्थानीय वायुको प्रभाव पर्ने महाशाखाको पूर्वानुमान

नेपाल फ्ल्यास
जेठ १३, २०७७

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मंगलबार नेपालका पूर्वी भूभाग आसपासमा निम्न चापीय प्रणाली र स्थानीय वायुको पनि प्रभाव पर्ने बताएको छ । 

महाशाखाले देशको  पहाडी भूभागका केही स्थानमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने उल्लेख गरेको छ । 

यसैगरी, मंगलबार दिउँसो देशको  पूर्वी  तथा  मध्य भूभागलगायत पश्चिमी पहाडी भूभागमा अपरान्हपश्चात  सामान्य बदली हुने र  बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । 

त्यस्तै, मध्य तथा  पूर्वी भूभागका थोरै स्थान र पश्चिमी पहाडी भूभागका एक÷दुई स्थानमा  मेघगर्जन, चट्याङ, हावाहुरीसहित  वर्षाको  सम्भावना रहेको महाशाले पूर्वानुमान गरेको छ । 

महाशाखाले देशको रातको समयमा पूर्वी तथा  मध्य भूभागमा सामान्य बदली रहने जनाएको छ । 

पश्चिमी पहाडी  भूभागहरुमा  आंशिक  बदली हुने र  बाँकी भूभागमा मौसम सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमानले जनाएको छ ।

त्यसैगरी, महाशाले पूर्वी  र मध्य  भूभागका थोरै स्थानका साथै पश्चिमी पहाडी भूभागका एक÷दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित  वर्षाको  सम्भावना रहेको बताएको छ । 

यो पनि