असोज ०६, २०८१, आइतबार
               

हात्तीको आक्रमणबाट एक युवकको मृत्यु

नेपाल फ्ल्यास
जेठ १३, २०७७

ADVERTISEMENT

काठमाडाैं । हात्तीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ । 

दक्षिणी झापाको गौरीगन्ज गाउँपालिका–२ लालमाटीमा जङ्गली हात्ती लखेट्न आएका एक भारतीय युवकको हात्तीको आक्रमणमा सोमबार मृत्यु भएको हो । 

डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका अनुसार सोमबार बच्चासहित आएको माउ हात्तीको आक्रमणमा परी भारतको सिङ्गीमारी–६ का २५ वर्षीय साइलो मुर्मुको घटनास्थलमै मृत्यु भएको छ ।

मोरङतिरबाट आएको हात्तीलाई नेपाली र भारतीय नागरिकले मिलेर धपाउने प्रयास गर्दागर्दै हात्तीले एक्कासि भारतीय युवकलाई झम्टेको थियो । 

हात्ती खेद्न सीमा नाघेर आएका ती भारतीय युवकको शव दशगजाको मकैबारीमा भेटिएको छ । 

घटनाको खबर पाएलगत्तै कोरोबारी प्रहरीचौकीबाट थप सुरक्षाकर्मी घटनास्थलमा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

गत साता कचनकवलमा जङ्गलमा निगुरो टिप्न जाँदा हात्तीको आक्रमणमा परी एक वृद्धको मृत्यु भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि