असोज ०६, २०८१, आइतबार
               

बूढानीलकण्ठका कोरोना संक्रमित व्यक्ति एम्बुलेन्स चालक

नेपाल फ्ल्यास
जेठ १२, २०७७

ADVERTISEMENT

काठमाडौ । सोमबार बूढानीलकण्ठ नगरपालिकाका वडा नम्बर ३ मा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएका युवा एम्बुलेन्स चालक रहेको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार थपिएका थप ७२ जना कोरोना संक्रमित पुष्टि भएको सार्वजनिक गरेकोमा बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ३७ वर्षका युवा पनि थिए  । 

सो नगरपालिकाका नगर प्रवक्ता नवराज भट्टराईले संक्रमण पुष्टि भएका युवाले आफ्नो निजी गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोगगरेर पछिल्लो समय समस्यामा परेकाहरूलाई अस्पताल लैजाने काममा सहयोग गर्दै आएका थिए ।

नगरपालिकामा जम्मा १०१ जनाको कोरोना परीक्षण गर्दा ५९ जनाको रिपोर्ट आएमध्ये एक जनाको पोजेटिभ आएको प्रवक्ता भट्टराईले जानकारी दिए  । 

उनलाई सोमबारै टेकु अस्पतालको आइसोलेसनमा लगिएको नगरपालिकाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि