असोज ०६, २०८१, आइतबार
               

बारामा ६ प्रहरीमा कोरोना संक्रमणसहित संक्रमित प्रहरी १२ पुगे

नेपाल फ्ल्यास
जेठ १२, २०७७

ADVERTISEMENT

बाराका ६ प्रहरीमा कोरोना संक्रमण देखिएको छ । जिल्लामा कार्यरत ६ जनाको पीसीआर परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको प्रहरी प्रवक्ता डीआईजी नीरज शाहीले बताए ।

यसको जानकारी सम्बन्धित निकायले प्रहरी प्रधान कार्यालयलाई गराइसकेको उनले बताए । संक्रमित सबै पुरुष प्रहरी हुन् । उनीहरू बारा जिल्लाका विभिन्न युनिटमा कार्यरत थिए ।

६ जनामा कोरोना संक्रमण देखिएसँगै संक्रमित प्रहरीको संख्या १२ पुगेको छ । प्राप्त स्रोत साधनको अधिकतम प्रयोग गर्दैै प्रहरी उच्च मनोबलका साथ कार्यक्षेत्रमा परिचालन भएको प्रवक्ता शाहीले बताए । उनले भने, “देशभर सबैलाई स्वास्थ्य सतर्कता अपनाउन भनेका छौं ।

तर अरूजस्तो प्रहरी मैदान छाडेर भाग्न मिल्दैन । उच्च मनोबलका साथ सबै खटिएका छौं ।”


कस्तो लाग्यो ?

यो पनि