असोज ०६, २०८१, आइतबार
               

नर्ससहित ११ जनाले जिते कोरोना

नेपाल फ्ल्यास
जेठ १२, २०७७

ADVERTISEMENT

कपिलवस्तु । कपिलवस्तुमा नर्ससहित  ११ जना कोरोनामुक्त भई घर फिर्ता भएका छन् ।  

कपिलवस्तु अस्पतालमा कार्यरत नर्स कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएको जनाउँदै आज घर फिर्ता भएपछि जिल्लामा कोरोना भाइरसलाई जितेर घर जानेको सङ्ख्या बढेको छ ।

गत वैशाख ३० गते पहिलो पटकको रिपोर्टमा पोजेटिभ आएपछि नर्सलाई  अस्पतालको आइसोलेशनमा राखिएको थियो । 

कपिलवस्तु नगरपालिका तौलिहवा निवासी २५ वर्षीया नर्सलाई घर पठाइएको हो । 

नर्स सङ्क्रमित भएपछि अस्पतालका कर्मचारी र परिवारसहित ११० को पिसिआर जाँच गर्दा नेगेटिभ आएको थियो ।

नर्सको क्रमशः दोस्रो र तेस्रो पटक यही जेठ १ र ४ गते दुई पटक जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । 

नेपालमै पहिलो स्वास्थ्यकर्मी सङ्क्रमित भएर १४ दिनमै कोरोना जित्न सफल भएको अस्पतालका डा।किशोर बञ्जाडेले बताए । उनलाई थप एक साता होम क्वारेन्टाइनमा बस्न सुझाव दिइएको छ ।

शनिबार कपिलवस्तु नगरपालिका तथा मायादेवी र यशोधरा गाउँपालिकाका तीन–तीन र बुद्धभूमि नगरपालिकाका एक जनालाई बुटवलको कोरोना विशेष अस्पतालबाट घर पठाइएको थियो । 

कपिलवस्तुमा सोमबारसम्म ८३ कोरोना संक्रमण देखिएको छ ।


कस्तो लाग्यो ?

यो पनि