असोज ०६, २०८१, आइतबार
               

सेती नदीमा डुबेर युवकको मृत्यु

नेपाल फ्ल्यास
जेठ १२, २०७७

ADVERTISEMENT

काठमाडौं । पौडी खेल्ने क्रममा सेती नदीमा डुबेर सोमबार एक युवकको मृत्यु भएको छ ।  

शुक्लागण्डकी नगरपालिकामा–४ गाछेपानीका  रामबहादुर मगरको घरमा डेरा गरी बस्ने  २५/२६ वर्षका पप्पु नाम गरेका व्यक्तिको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । 

नाम, थर र वतन खुल्न नसकेका उक्त व्यक्ति केही समयदेखि शुक्लागण्डकी क्षेत्रमा कबाडी सामान संकलन गर्दै एक्लै डेरा गरी बस्दै आएको प्रहरीले जनाएको छ । 

शुक्लागण्डकी ४ र  ८ नं जोड्ने पक्की पुलभन्दा माथि सेतीमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराले बताएको छ । 

पौडी खेल्ने क्रममा बाँकटे हान्दा डुबेका मधेशी मूलका व्यक्तिलाई एक छिनपछि नदीले बगाएको गाईवस्तु हेर्न गएका गोठालाले देखेपछि प्रहरीमा खबर गरिएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए । 

शव परीक्षणका लागि दमौली अस्पताल पठाउने तयारी भइरहेको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि