असोज ०६, २०८१, आइतबार
               

काठमाडौंको बूढानीलकण्ठमा थप एकमा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
जेठ १२, २०७७

ADVERTISEMENT

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकामा थप एक जनामा कोरोना पुष्टि भएको छ । 

बूढानीलकण्ठ –३ स्थायी घर भएका ३७ वर्षीय पुरुषमा कोरोना भाइरस ९कोभिड–१९० पुष्टि भएको नगर स्वास्थ्य शाखा प्रमुख कुमार दाहालले बताए । 

कोरोना पुष्टि भएसँगै उक्त पुरुषलाई अहिले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेशनमा राखिएको बताइएको छ । 

यससमेत बूढानीलकण्ठमा कोरोना संक्रमित हुने दुई जना पुगेका छन् । 

यसअघि सर्लाहीको रामनगर स्थायी घर भई हाल बूढानीलकण्ठ –१२ स्थित तेञ्जिङ चोक बसोबास गर्दै आएकी १८ वर्षीया एक युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।  

कोरोना पुष्टि भएपछि तेञ्जिङ चोक क्षेत्र तीन दिन सिल गरी युवतीको सम्पर्कमा आएका आठ जनाको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको नगरपालिकाले जनाएको छ । 

त्यस्तै नगरपालिकाले बन्दाबन्दी समयमा नेपालगञ्जबाट काठमाडौँ आएका १२  पुरुषलाई नगरपालिका–७ स्थित  छहारी भवनको क्वारेन्टाइनमा राखेको थियो । 

ती पुरुषको पनि पिसिआर रिपोर्ट नेगेटिभ आएको नगर स्वास्थ्य शाखा प्रमुख दाहालले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि