असोज ०६, २०८१, आइतबार
               

टोखाका संक्रमितमध्ये एक जना किराना पसले

नेपाल फ्ल्यास
जेठ १२, २०७७

ADVERTISEMENT

काठमाडौं । सोमबार ७२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये काठमाडौंको टोखा नगरपालिकाका दुई व्यक्तिमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । 

यसैबीच, टोखामा भेटिएका एक जना कोरोना भाइरस संक्रमित किराना पसले रहेको खुल्न आएको छ । टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले एक जना संक्रमित किराना पसले रहेको बताएका हुन् ।

टोखा नगरपालिका ३ र ६ का २७ वर्षीय र ४१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । 

नगरपालिकाले तरकारी, औषधि, किराना पसल सञ्चालन गर्ने तथा जनप्रतिनिधि गरी ३०६ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको थियो । 


कस्तो लाग्यो ?

यो पनि