असोज ०६, २०८१, आइतबार
               

वीरगञ्जका मृतक वृद्धमा देखियो कोरोना, मृतक संख्या ४ पुग्यो

नेपाल फ्ल्यास
जेठ १२, २०७७

ADVERTISEMENT

वीरगञ्जको नेसनल मेडिकल कलेजमा गत ४ जेठमा मृत्यु भएका बाराको कलैयाका एक वृद्धको कोरोना भाइरस पोजिटिभ देखिएको छ । उनको मृत्युसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ। 

मिर्गौलामा समस्या देखिएपछि नेसनल मेडिकल कलेजमा भर्ना भएका ती ७० वर्षीय ती वृद्धको स्वाब परीक्षणको रिपोर्ट पोजिटिभ आएको नारायणी अस्पतालले जानकारी दिएको छ ।

मिर्गौलाको समस्या भएपछि नेसनल मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका उनको मृत्युपछि कोरोनाको रिपोर्ट पोजिटिभ आएको र मृतकका परिवारले उनको अन्तिम संस्कार गरिसकेका स्रोतको भनाइ छ ।

यसअघि सिन्धुपाल्चोककी एक सुत्केरी महिला, बाँकेका एक युवक र गुल्मीका एक जना शिक्षकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि