बैशाख १८, २०८१, मंगलबार
               

आइतबार परीक्षण र संक्रमित संख्या दुवै घट्यो

नेपाल फ्ल्यास
जेठ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेकदिन अपरान्ह ४ बजे पत्रकार सम्मेलनमार्फत काेरोनकाे अपडेट दिने गर्छ । 

नेपालमा तीन दिनयता संक्रमितकाे संख्या र परीक्षण गर्नेकाे संख्या बढ्दाे क्रममा थियाे । तर आइतबारकाे पत्रकार सम्मेलनमा दुवै संख्या घटेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लाे २४ घण्टामा २ हजार ८५६ जनाकाे मात्र काेराेना परीक्षण गरिएकाे छ । याे संख्या शनिबारकाे तुलनामा ६३८ जनामा कम परीक्षण गरिएकाे हाे । शनिवार ३ हजार ४९४ जनाकाे परीक्षण गरिएकाे थियाे । 

त्यस्तै निरन्तर उकालो लागेकाे काेराेना संक्रमितकाे संख्या पनि घटेकाे छ । बिहीबार २९ जना, शुक्रबार ५९ जना र शनिबार ६८ जनामा काेराेना संक्रमण देखिएको थियो । तर आज भने जम्मा १९ जनामा मात्र काेरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे् छ । 

स्वास्थ्यम मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये ५२४ जना पुरुष र ७९ जना महिला छन् । 


कस्तो लाग्यो ?

यो पनि