बैशाख २३, २०८१, आइतबार
               

मौसम बदली भइरहेको छः मौसमविद्

नेपाल फ्ल्यास
जेठ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल भारतको पश्चिम बंगाल र बंगलादेशको आसपासमा निम्न चापीय प्रणाली रहेको जनाएको छ । नेपालको पूर्वी–भूभागमा यस प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुको पनि प्रभाव रहेको जनाएको छ । 

साथै, महाशाखाले हाल  देशको  पूर्वी र मध्य भूभागमा सामान्य बदली भइरहेको र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार आइतबार दिउँसो देशको मध्य र पूर्वी  भूभागहरुमा  सामान्य बदली हुने र पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रहनेछ। 

त्यस्तै, मध्य तथा पूर्वी पहाडी भू–भाग लगायत पूर्वी तराईका केही स्थानहरु र पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित  वर्षाको  सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

महाशाखाले जारी गरेको पूर्वानुमानमा राति भने देशको पहाडी  भू–भागहरुमा  सामान्य बदली हुने र बाँकी भूभागमा आंशिक बदली रहने उल्लेख गरिएको छ ।

यसैगरी, मध्य र पूर्वी  भूभागका  केही स्थानहरु र पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित  वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । 


कस्तो लाग्यो ?

यो पनि