जेठ ०७, २०८१, सोमबार
               

जनप्रतिनिधि र पत्रकारलाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
जेठ १०, २०७७

ADVERTISEMENT

तौलिहवा । कपिलवस्तुमा शनिबार थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार, कपिलबस्तुलगायत विविन्न जिल्लामा शनिबार ३२ संक्रमित थपिएका छन् ।

कपिलवस्तुमा शनिबार थपिएका आठ जना संक्रमित मध्ये एकजना जनप्रतिनिधि र एकजना पत्रकार रहेको खुल्न आएको छ ।

कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाका अनुसार, एक जना ४० वर्षीय जनप्रतिनिधि र अर्का २७ वर्षीय पत्रकारलाई कोरोना संक्रमण भएको हो ।

कपिलबस्तुको बाणगंगा नगरपालिका वडा नं ३ का अन्य संक्रमितमा १९ वर्षका पुरुष, वडा नं ८ का २५ बर्षका पुरुष, वडा नं १० का ३५ वर्षका पुरुष, वडा नं ११ का ४२ वर्षका पुरुष रहेका छन् ।

यस्तै बुद्धभुमि नगरपालिका वडा नं ४ का १७ वर्षकी युवती र २२ वर्षका पुरुषमा पनि कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

उनीहरुको स्वाब जेठ ४ र ५ गते वाणगङ्गा नगरपालिकाको सिद्धार्थ क्याम्पसबाट संकलन गरिएको थियो । 

सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि