बैशाख २७, २०८१, बिहीबार
               

भारतीयले अवरोध गर्दा रक्सौलमा २ सय २२ नेपाली अलपत्र

नेपाल फ्ल्यास
जेठ ०९, २०७७

ADVERTISEMENT

रक्सौल नाकामा अलपत्र दुई सय २२ नेपालीको उद्धार भारतीय सुरक्षाकर्मीको अवरोधका कारण प्रभावित बनेको छ।

जिल्ला प्रशासन कार्यालय, पर्साले बुधबार त्यहाँ अलपत्र नेपालीको उद्धार गर्ने तयारी गरेतापनि, माथिबाट आदेश नआएको भन्दै भारतीय सुरक्षाकर्मीले नेपाल प्रवेशमा रोक लगाएपछि रक्सौलस्थित हजारीमल क्वारेन्टाइनमै बस्न उनीहरू बाध्य बनेका छन् ।

‘वीरगञ्जमा रहेका भारतीय नागरिकलाई पठाएर आफ्नो देशका नागरिक ल्याउने विषयमा भारतीय सीमा सुरक्षा बल र त्यस क्षेत्रका डीएमसँग हाम्रो सहमति भएको थियो,’ पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले भने, ‘सहमतिअनुसार भारतीयलाई हामीले फिर्ता पनि पठायौं । तर, माथिबाट आदेश नआएको भन्दै त्यहाँका सुरक्षाकर्मीले हाम्रा नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ।’

रक्सौलमा रहेका नेपालीलाई स्वदेश ल्याउने विषयमा त्यस क्षेत्रका डीएमलगायतसँग समन्वय भइरहेको र सम्भवतः आइतबारसम्म उनीहरूलाई स्वदेश ल्याइने बस्नेतले बताए ।

बस्नेतका अनुसार, भारतका विभिन्न सहरमा मजदुरी गरी फर्किन लागेका २५ जिल्लाका दुई सय २२ जनामध्ये पर्साका ४२ जना छन् । यस्तै, बारा र पश्चिम रुकुमका २३/२३ जना छन् भने काठमाडौं, कैलाली, सुर्खेत, झापालगायत अन्य जिल्लाका छन् ।

लकडाउन सुरुभएदेखि वीरगञ्जका क्वारेन्टाइन र वीरगञ्जस्थित आफन्तकामा बसेका दुई सय १५ जना भारतीय नागरिकलाई मंगलबार भारतको जिम्मा लगाइएको थियो। 

यो पनि