जेठ ०७, २०८१, सोमबार
               

भारतबाट आएका थिए नवलपरासीका तीन संक्रमित

नेपाल फ्ल्यास
जेठ ०९, २०७७

ADVERTISEMENT

परासी । पश्चिम नवलपरासीमा शुक्रबार तीन जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नवलपरासीको रामग्राम नगरपालिकामा दुई र सुस्ता गाउँपालिकामा एक जना गरी जम्मा तीन जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि गरेको हो । 

संक्रमण पुष्टि हुनेमा रामग्राम नगरपालिका वडा ३ का ३५ वर्षीय पुरुष, वडा नम्बर १८ कि १८ वर्षीया युवती र सुस्ता गाउँपालिका–५ का ३३ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ ।

कार्यायलका अनुसार क्वारेन्टाइनमा बसिरहेका उनीहरुको स्वास्थ्य परिक्षणका लगि कार्यालयले थ्रोट स्वाबको नुमना संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौं पठाएको थियो । 

अरुको रिपोर्ट नेगेटिभ आएपनि उनीहरु पोजेटिभ भेटिएपछि उनीहरुको कन्टेक्ट ट्रेसिङ गर्ने कार्य भैरहेको र आवश्यक परे सम्बन्धित वडाहरु पनि सिल गर्ने स्थानिय प्रशासनले जनाएको छ । 

उनीहरु अहिले सम्बन्धित गाउँपालिकाको क्वारेन्टाइनमा छन् र नजिकको आईशोलेशनमा पठाउने तयारी पनि भैरहेको छ कार्यालयले जनाएको छ ।

संक्रमित व्यक्तिहरु रोजगारीको सिलसिल भारतमा बस्दै आएका थिए तर लकडाउनका कारण उनीहरु केही दिन अगाडि मात्र जिल्लामा प्रवेश गरेका थिए । 

उनीहरुलाई सम्बन्धित गाउँपालिकको क्वारेन्टाइनमा राखिएको थियो । हालसम्म नवलपारसीमा पाँच जनामा कोरोनासंक्रमित भेटिएका छन् ।  


कस्तो लाग्यो ?

यो पनि