जेठ ०७, २०८१, सोमबार
               

फेरि दुई जना पत्रकारमा देखियो कोरोना संक्रमण

नेपाल फ्ल्यास
जेठ ०९, २०७७

ADVERTISEMENT

तौलिहवा । प्रदेश ५ को कपिलवस्तु जिल्लामा मात्रै कोरोना संक्रमितको संख्या ६९ जना पुगेको छ ।

यसैबीच, शुक्रबार कपिलवस्तुमा कोरोना संक्रमण पुष्टि भएका नौ जनामध्ये दुई जना पत्रकार रहेको थाहा भएको छ ।

दुईजनामध्ये एकजना कपिलवस्तु नगरपालिका वडा नं ३ तौलिहवाका २९ वर्षीया हुन् भने अर्का वाणगंगा नगरपालिका वडा नं ८ का २४ वर्षीय पुरुष हुन्।

एकजना पत्रकार महासंघ कपिलवस्तुका कार्यसमिति सदस्य समेत हुन् । उनले स्थानीयस्तरबाट एक अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्दै आएका थिए । 

एकजना वाणगंगा नगरपालिका चार नम्बरस्थित बुद्ध आवाज टेलिभिजनका सञ्चारकर्मी हुन् ।

दुवै पत्रकारको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मी उनीहरूको सम्पर्कमा पुगिसकेका पत्रकार महासंघ कपिलवस्तुले जानकारी दिएको छ । 


कस्तो लाग्यो ?

यो पनि