जेठ ०६, २०८१, आइतबार
               

पिसिआर रिपोर्ट पर्खँदै मृतकका गाउँले

नेपाल फ्ल्यास
जेठ ०८, २०७७

ADVERTISEMENT

गुल्मी । गुल्मीका मदाने गाउँपालिकाका कोरोना संक्रमितको मृत्यु भएसँगै त्यस क्षेत्रका नागरिकले पिसिआर रिपोर्ट पर्खेर बसेका छन् ।

मृतकको दोस्रो कोरोना रिपोर्ट र सम्पर्कमा आएका ३० जनाको पिसिआर रिपोर्टका आधारमा थप रणनीति तय गरिने गाउँपालिकाले जनाएको छ । स्थानीय शिक्षकलाई कोरोना लागेको हो वा होइन भन्नेबारे गाउँमा अन्योल छ । मृतकको स्वाब संकलनमा अस्पतालले गम्भीर त्रुटि गरेको र  दोस्रो पटक स्वाब लिइएको स्थानीयवासीको आरोप छ । गाउँमा शंकास्पद मुलकबाट २१ दिनयता कोही नआएको र आएका अन्य वडाका मानिस क्वारेन्टाइनमा बसेकाले कोरोना संक्रमणबारे अन्योल भएको स्थानीयवासी भरत चन्दले बताए ।

स्थानीयवासी प्रेम केसीका अनुसार गाउँलेहरू मृतकको दोस्रो पटकको स्वाब र  उनीसँग प्रत्यक्ष सम्पर्कमा जोडिएका ३० जनाको स्वाब रिपोर्ट पर्खेर बसेका छन् । कोरोना संक्रमण पुष्टि हुँदाको दिन स्थानीयवासी धेरै त्रसित भए पनि अहिले त्रास हराउँदै गएको चन्दले बताए । 
 


कस्तो लाग्यो ?

यो पनि