जेठ ०६, २०८१, आइतबार
               

संक्रमितको सम्पर्कमा रहेका स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ

नेपाल फ्ल्यास
जेठ ०८, २०७७

ADVERTISEMENT

गुल्मी कोरोना संक्रमितको सम्पर्कमा रहेका अर्घाखाँचीको सन्धिखर्क नगरपालिका –१ स्थित छायाँ पोलिक्लिनिकका १० स्वास्थ्यकर्मीको स्वाब जाँचको रिपोर्ट नेगेटिभ आएको छ ।

गुल्मी मदानेका कोरोना संक्रमित शिक्षकले उपचार गराएको खुलेपछि क्लिनिकका स्वास्थ्यकर्मीको स्वाब जाँचका लागि पठाइएकामा आज  रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पतालका प्रमुख डा कपिल गौतमले बताए । शिक्षकको भने आजै निधन भएको छ । 

ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि पोलिक्लिनिकमा आएका संक्रमित पुरुष  यहाँ उपचार सम्भव नभएपछि यही जेठ १ देखि  रुपन्देहीको क्रिमसन अस्पतालमा भर्ना भएकामा थिए ।   आज कोरोना रिपोर्ट नेगेटिभ आएपछि जिल्लावासीमा त्रास हटेको छ । 


कस्तो लाग्यो ?

यो पनि