जेठ ०६, २०८१, आइतबार
               

पिसिआर परीक्षण गर्नेकाे संख्या २७ प्रतिशतले बढ्यो

नेपाल फ्ल्यास
जेठ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा काेराेना परीक्षणकाे काम तीब्र बनाइएकाे छ । पछिल्लो २४ घण्टामा मात्र ३ हजार ४१३ जनाकाे पिसिआर परीक्षण गरिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अनुसार यो संख्या हिजाे बुधबारकाे तुलनामा २७ प्रतिशतले बढी हाे । बुधबार २ हजार ४८८ जनाकाे मात्र पिसिआर विधिबाट काेराेना परीक्षण गरिएकाे थियाे ।  

हालसम्म पिसिआर विधिबाट परीक्षण  गर्नेकाे संख्या ३८ हजार ७३६ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकाेटाले बताए । साथै आरडिटी विधिबाट परीक्षण गर्नेकाे संख्या ७८ हजार ६९५ जना पुगेकाे छ ।

 


कस्तो लाग्यो ?

यो पनि