जेठ ०६, २०८१, आइतबार
               

थपिए ९ जना कोरोना संक्रमित, कुल संख्या ४५३

नेपाल फ्ल्यास
जेठ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा  पुन: ९ जना काेरोना संक्रमित थपिएका छन् ।

यसअघि आजै १७ जनामा काेराेना संक्रमण पुष्टि भएको थियो । योसहित आज एकै दिन २६  जनामा संक्रमण देखिएको छ ।

आज बिहीबार झापामा ८ र रुपन्देहीमा १  जना संक्रमित थप भएका हुन् ।  

याेसँगै काेराेना संक्रमितकाे जम्मा संख्या ४५३ पुगेकाे स्वासथ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । संक्रमितमध्ये ७० जना महिला छन् भने ३८३ जना पुरुष छन् । 

अहिलेसम्म प्रदेश ५ मा सबैभन्दा बढी १९७ जना संक्रमित पुग्दा कर्णाली प्रदेशमा सबैभन्दा कम एक जनामामात्र संक्रमित देखिएको छ । प्रदेश २ मा १३६ जना, प्रदेश १ मा ८४, बागमती प्रदेशमा २६, सुदूरपश्चिममा ५ र गण्डकी प्रदेशमा ४ जना संक्रमित पुष्टि भइसकेको छ ।

साथै संक्रमितमध्ये ४९ जनाले काेराेना जितेर निकाे भइसकेका छन् । टेकु अस्पतालमा उपचाररत काठमाडौं र भक्तपुरका चार जना संक्रमित नौ दिनको उपचारपछि आज बिहीबार डिस्चार्ज भएका हुन् । क्रिमसन अस्पताल रुपन्देहीमा उपचाररत एक संक्रमितको निधन भएपछि मृत्युको संख्या ३ पुगेको मन्त्रालयले जनाएकाे छ । 

 

 


कस्तो लाग्यो ?

यो पनि