जेठ ०६, २०८१, आइतबार
               

नगरपालिका क्षेत्रमा फलफूल र तरकारी ल्याउन निषेध

नेपाल फ्ल्यास
जेठ ०८, २०७७

ADVERTISEMENT

ललितपुर । गोदावरी नगरपालिका क्षेत्रमा कालिमाटी, बल्खु र बानेश्वरका बजारबाट फलफूल तथा तरकारी आयात गर्न निषेध गरिएको छ ।

कोरोना भाइरसको जोखिम हुन नदिन नगरपालिकाले उक्त तीन स्थानका फलफूल तथा तरकारी प्रयोग नगर्न नगरवासीलाई आग्रह गरेको हो ।

नगरप्रमुख गजेन्द्र महर्जनद्वारा जारी सूचनामा कालिमाटी, बल्खु र बानेश्वरबाट आउने फलफूल तथा तरकारी ल्याइ व्यापारीले बिक्री वितरण गरेको पाइएमा कडाभन्दा कडा कारवाही गरिने उल्लेख छ । 

यसैगरी सूचनामा नगरपालिकाका सबै वडामा अत्यावश्यक खाद्यवस्तु बिक्री वितरणका लागि बिहान ५ देखि ११ बजेसम्मका लागि मात्र पसल खुला गर्नसमेत व्यवसायीमा अपिल गरिएको छ । 


कस्तो लाग्यो ?

यो पनि