जेठ ०६, २०८१, आइतबार
               

कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुग्यो

नेपाल फ्ल्यास
जेठ ०८, २०७७

ADVERTISEMENT

बुटवल । रुपन्देहीको मणिग्रामस्थित क्रिमशन अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

भेन्टिलेटरमा उपचार भइरहेको उनको बिहीबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसैगरी प्रदेश ५ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले पनि उनको मृत्यु भएको पुष्टि गरे । 'बिहीबार बिहान ७ बजेर १० मिनेटमा उनको मृत्यु भएको' चौधरीले जानकारी दिए ।

मृत्यु हुने बिरामी गुल्मीको मदाने गाउँपालिका वडा नं ६ का ४१ बर्षका पुरुष हुन् । शिक्षण पेशामा रहेका उनी बिरामी भएपछि अर्घाखाँचीको एक मेडिकलमा चेकजाँचपछि रुपन्देहीको मणिग्राममा रहेको क्रिमशन अस्पतालमा उपचारत थिए ।

उनको स्वास्थ्य अवस्था नाजुक भएका कारण अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गराइरहेको थियो ।

गत जेठ १ गते उनी अस्पतालमा भर्ना भएका थिए भने २ गते उनको स्वाब परीक्षणमा कोरोना संक्रमण देखीएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाले पुष्टि गरेको थियो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसअघि सिन्धुपाल्चाेक बाह्रबिसेकी २९ वर्षीया सुत्केरी र बाँके नरैनापुरका २५ वर्षीय युवककाे काेरानाबाट मृत्यु भइसकेकाे छ। 


कस्तो लाग्यो ?

यो पनि