बैशाख २३, २०८१, आइतबार
               

अम्पुनले नेपालमा पनि प्रभाव पार्ने, वर्षा र हिमपातको सम्भावना

नेपाल फ्ल्यास
जेठ ०६, २०७७

ADVERTISEMENT

दक्षिण बङ्गालको खाडीमा विकसित भइरहेको अम्पुन नामक शक्तिशाली चक्रवातले नेपालमा पनि प्रभाव पार्न सक्ने अनुमान नेपाली मौसमविद्हरूले गरेका छन्।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले उक्त चक्रवातका कारण मङ्गलवारदेखि पूर्वी नेपालको मौसममा बदली हुनसक्ने तथा त्यसपछिको दुई–तीन दिनसम्म देशैभरि बदली हुनसक्ने जनाएको छ।

केही स्थानमा वर्षाको साथै उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात र एक–दुई स्थानमा ठूलो हिमपात हुनसक्नेछ, महाशाखाले जारी गरेको विशेष मौसमी बुलेटिनमा भनेको छ।

गत वर्ष नै फणि नामको चक्रवातले ओडिशामा धनजनको क्षति पुर्‍याएको थियो। त्यसको प्रभाव नेपालमा सगरमाथा क्षेत्रसम्म पनि परेको थियो।

भारतमा चेतावनी

यसैबीच, भारतको मौसम विभागले दक्षिणी बङ्गालको खाडीमा २४ घण्टाजति र उत्तरी भेगमा बुधबारसम्म माछा मार्न नजान चेतावनी जारी गरेको छ।

चक्रवातले समुद्री किनारा भएका क्षेत्रहरू डुबानमा पर्न सक्ने बताइएको छ।

छिमेकी बाङ्लादेशमा समेत सरकारले सामाजिक दूरी कायम गर्न सकिने गरी आँधीका बेला बस्ने आश्रयस्थलको सङ्ख्या बढाउने आदेश दिएको छ।

बङ्गालको खाडीमा अप्रिलदेखि डिसेम्बरसम्म समुद्री आँधी उत्पन्न हुने गर्छन्।


कस्तो लाग्यो ?

यो पनि