बैशाख २३, २०८१, आइतबार
               

काठमाडौंमा बिहानै वर्षा, यस्तो छ तीन दिनको मौसम

नेपाल फ्ल्यास
जेठ ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशमा स्थानीय वायु र चक्रवात अंपुनको अप्रत्यक्ष प्रभाव रहेको छ ।

अहिले (मंगलबार बिहान) देशको पूर्व र मध्य भूभागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भूभागका केही स्थानमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा देखिन्छ ।

काठमाडौं उपत्यकामा आज बिहान केहीबेर वर्षा भयो । मौसमविदका अनुसार देशको पूर्वी र मध्य भाग (काठमाडौं उपत्यकासहित) मा आज दिनभर जसो सामान्य वर्षा भइरहनेछ ।

आज दिउँसो देशको पूर्व र मध्य भूभागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भूभागका केही स्थानमा आंशिक बदली रहनेछ । मध्य तथा पूर्वी  भूभागका केही स्थानमा  मेघगर्जनसहित  हल्का  वर्षाको  सम्भावना छ।

त्यस्तै आज राति देशको पूर्व र मध्य भूभागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भूभागका केही स्थानमा आंशिक बदली र बाँकी भूभागमा  मौसम सामान्यतया सफा रहनेछ भने मध्य तथा पूर्वी भूभागका केही स्थानमा  मेघगर्जन  सहित  हल्का वर्षाको  सम्भावना छ।

बुधबार देशको  मध्य तथा पूर्वी  भूभागहरुमा सामान्य  बदली रही पश्चिमी भूभागका केही स्थानमा आंशिक बदली रहनेछ । मध्य तथा पूर्वी भूभागका  केही  स्थानमा मेघगर्जन सहित  हल्का  वर्षाको  सम्भावना छ।

बिहीबार पनि देशको  मध्य तथा पूर्वी  भूभागहरुमा पूर्ण बदली रही पश्चिम भूभागहरुमा सामान्य  बदली रहनेछ।मध्य तथा पूर्वी भूभागका  केही र पश्चिमका केही स्थानमा मेघगर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।


कस्तो लाग्यो ?

यो पनि