जेठ ०५, २०८१, शनिबार
               

कोरोनासँगै मौसमबाट पनि सतर्क रहन सुझाव

नेपाल फ्ल्यास
जेठ ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले सोमबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।

महाशाखाले दिएको जानकारी अनुसार अहिले नेपालमा विभिन्न स्थानमा मौसम सामान्यतया सफा छ भने पहाडी भागका केही स्थानहरुमा भने आंशिक बदली भइरहेको छ । 

सोमबार दिउँसो पहाडी भागहरुमा आंशिक बदली हुने र अरु बाँकी क्षेत्रमा मौसम सफा रहनेछ । भने अपरान्हपछि भने पहाडी भागमा एक वा दुई स्थानमा मेघगर्जनसहित क्षणिक वर्षा हुन सक्ने पूर्वानुमानमा उल्लेख छ । 

यसैगरी, राति देशको पहाडी भागहरुमा आंशिक बदली र बाँकी भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । त्यस्तै, पहाडी भूभागका एकरदुई स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।


कस्तो लाग्यो ?

यो पनि