बैशाख २४, २०८१, सोमबार
               

नेपाली सेनाले झिकाएका स्वास्थ्य सामग्री राजधानी भित्रिँदै

नेपाल फ्ल्यास
जेठ ०३, २०७७

ADVERTISEMENT

काठमाडौं ।  कोरोना भाइरस नियन्त्रणका लागि नेपाली सेनाले चीनबाट खरिद गरेका अत्यावश्यक स्वास्थ्य सामग्री तातोपानी भन्सार कार्यालयबाट जाँच गरी राजधानी पठाइएको छ । 

खासामा आइपुगेका १० कन्टेनरलाई शुक्रबार बेलुका मितेरी पुलबाट भन्सार यार्डमा ल्याइएको थियो । किटनाशक औषधि छर्केर १४ घण्टा क्वारेन्टाइनमा राखेपछि जाँच पास गरी आज अपराह्न भन्सार यार्डबाट राजधानी पठाइएको भन्सारका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले जानकारी दिए । 

विश्वमा महामारीका रुपमा फैलिएको कोभिड–१९ अर्थात् कोरोना भाइरस नेपालमा पनि दिनप्रतिदिन सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै जान थालेपछि नेपाल सरकारको निर्देशनमा जीटुज प्रक्रियामार्फत नेपाली सेनाले उक्त सामग्री खरिद गरेको हो ।

सो नाकाबाट यसअघि कोरोना भाइरस सङ्क्रमण रोकथाम गर्न निजी क्षेत्रले पनि स्वास्थ्य सामग्री झिकाइसकेको छ । चीनको वुहानमा गत डिसेम्बरको अन्त्यमा कोरोना भाइरस फैलिएपछि गएको पुस दोस्रो सातादेखि बन्द रहेको उक्त नाकाबाट अत्यावश्यक स्वास्थ्य सामग्री र खाद्यान्न मात्र आयात हुने गरी खुले पनि हाल फलफूललगायतका अन्य व्यापारिक सामान पनि आयात हुन थालेको भन्सार कार्यालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि