असोज ०६, २०८१, आइतबार
               

विराटनगरमा १५ पत्रकारको स्वाब संकलन

नेपाल फ्ल्यास
जेठ ०३, २०७७

ADVERTISEMENT

प्रदेश १ को सामाजिक विकास मन्त्रालयकाले विराटनगरका १५ जना पत्रकारमा कोरोना परीक्षण गर्न स्वाब संकलन गरेको छ । विराटनगरमा शनिबार नेपाल पत्रकार महासंघ शाखाको परिसरमा प्रदेश सरकारका तर्फबाट खटिएका स्वास्थ्यकर्मीले स्वाब संकलन गरेका हुन् । 

कोशी कोभिड अस्पतालसम्म पुगेर रिर्पोटिङ गरेका र कोरोना फैलिएको उदयपुरको भुल्केस्थित संक्रमित क्षेत्रसम्म गएका पत्रकारहरूको स्वाब संकलन गरिएको महासंघका जिल्ला शाखाका सचिव अर्जुन आचार्यलेबताए ।

पहिलो चरणमा परीक्षण गरिएका पत्रकारहरुको रिर्पोट आएपछि दोस्रो चरणमा थप पत्रकारहरूको पनि कोरोना परीक्षण गरिदिने प्रदेश सरकारले आश्वासन दिएको आचार्यले बताए । 

उदयपुरमा एकजना पत्रकारलाई कोरोना संक्रमण देखिएपछि उनलाई शनिबार नै विराटनगर स्थित कोभिड १९ अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि