बैशाख २७, २०८१, बिहीबार
               

सुत्केरीको मृत्यु भएपछि धुलिखेल अस्पताल 'सिल'
रिपोर्ट आउन बाँकी

नेपाल फ्ल्यास
जेठ ०३, २०७७

ADVERTISEMENT

धुलिखेल । काभ्रेको धुलिखेल अस्पतालमा उपचारको लागि भर्ना भएकी एक महिलाको मृत्यु भएको छ । महिलाको मृत्युपछि अहिले अस्पताल 'सिल' गरिएको छ।

उक्त महिला ९ दिनको सुत्केरी भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार, महिलाको कोरोना परीक्षण रिपोर्ट शंकास्पद आएपछि अस्पताल नै सिल गरिएको हो।

स्वासप्रस्वासमा समस्या देखिएपछि ती महिलालाई बिहीबार धुलिखेल अस्पताल ल्याइएको थियो । अस्पतालको भेन्टिलेटरमा राख्ने क्रममा महिलाको मृत्यु भएको हो ।

ती महिला ९ दिनअघि काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी थिइन् । 

उनको पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ ।

काभ्रेका जनस्वास्थ्य कार्यालय प्रमुख नरेन्द्र झाले महिलाको रिपोर्ट आउन बाँकी रहेको बताए ।

महिलाको स्वाब धुलिखेल अस्पतालमै परीक्षण गरिएकोमा रिपोर्ट शंकास्पद आएपछि उनको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको अस्पताल स्रोतले जनाएको छ।

यो पनि