बैशाख २७, २०८१, बिहीबार
               

काठमाडौंका अस्पतालमा १३ जना कोरोना संक्रमित

नेपाल फ्ल्यास
जेठ ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा भेटिएका कोरोना संक्रमितमध्ये १३ जना काठमाडौंका अस्पतालमा उपचाररत रहेका छन् ।

टेकु अस्पतालमा ५ जना, पाटन अस्पतालमा ४ जना, त्रिवि शिक्षण अस्पतालमा २ जना र बलम्बुको सशस्त्र प्रहरी अस्पतालमा २ जना संक्रमितको उपचार भइरहेको सम्बन्धित अस्पतालले जानकारी दिएको छ ।

त्रिवि शिक्षण अस्पतालमा कपिलवस्तुकी ६ वर्षकी बालिका र शिक्षण अस्पतालकै एक कर्मचारीको उपचार भइरहेको छ । दाङ घर भएका शिक्षण अस्पतालका कर्मचारीमा शुक्रबार संक्रमण देखिएको थियो ।

एपीएफ अस्पतालमा दहचोकका ७ वर्षका बालक र अस्पतालमै कार्यरत कर्मचारी उपचाररत छन् । 

पछिल्लो समय काठमाडौंको चन्द्रागिरि नगरपालिका र भक्तपुरको मध्यपुर थिमी र चाँगुनारायण नगरपालिकामा कोरोना संक्रमित भेटिएका थिए ।


कस्तो लाग्यो ?

यो पनि