असोज ०५, २०८१, शनिबार
               

‘अनेसास महिला पुरस्कार’ स्रष्टा पाठकलाई

नेपाल फ्ल्यास
जेठ ०३, २०७७

ADVERTISEMENT

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको ‘अनेसास भवन भट्ट विशिष्ट महिला पुरस्कार’ यस वर्ष वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकलाई प्रदान गर्ने भएको छ ।

राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले एक हजार अमेरिकी डलर राशिको सो पुरस्कार दिने निर्णय गरेको महासचिव गणेश घिमिरेले जानकारी दिए । 

साहित्यकार पाठकका ‘शून्यवत’ ‘मोहचक्र’, ‘अग्नि दह’ र ‘दुस्वप्न’ कथा कृतिहरु, ‘अव्यक्त’ र आधा दर्जन बालकथा कृतिहरु प्रकाशित छन् ।
 


कस्तो लाग्यो ?

यो पनि