जेठ ०५, २०८१, शनिबार
               

सतर्क रहन मौसमविद्को सुझाव

नेपाल फ्ल्यास
जेठ ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी  न्युन चापीय प्रणालीको आंशिक प्रभाव तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । साथै, देशका सबै नागरिकलाई सतर्क रहन मौसमविद्को सुझाव छ । महाशाखाले हालको नेपालको मौसम पहाडी भागमा सामान्य बदली रहेको र बाँकी भागमा सामान्यतया मौसम सफा रहेकोसमेत जनाएको छ । 
 
यसैगरी, शनिबार दिउँसो भने देशको पूर्वी  भाग र मध्य पहाडी  भागमा सामान्य  बदली हुने, पश्चिमी पहाडी भागहरुमा आंशिक बदली र बाँकी  भागमा सामान्यतया मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । 

यस्तै, महाशाखाले दिउँसो नै पूर्वी  भागका थोरै स्थान, मध्य तथा पश्चिमी पहाडी भागका एकरदुई स्थानमा मेघगर्जन, चट्याङ्ग,असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ । 

राति भने  देशको पूर्वी भागमा सामान्य  बदली, मध्य तथा पश्चिमी पहाडी भागहरुमा आंशिक बदली र बाँकी भागमा सामान्यतया मौसम सफा रहने पूर्वानुमानमा उल्लेख छ ।

त्यस्तै, पूर्वी भागका थोरै स्थानहरु, मध्य र पश्चिमी पहाडी  भागका एकरदुई स्थानहरुमा मेघगर्जन,चट्याङ, असिना र हावाहुरीसहित   वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।


कस्तो लाग्यो ?

यो पनि