बैशाख २९, २०८१, शनिबार
               

सुत्केरीको उद्धार गर्न हेलिकप्टर

नेपाल फ्ल्यास
जेठ ०२, २०७७

सांकेतिक तस्विर
ADVERTISEMENT

बागलुङ । अत्यधिक रक्तश्राव भएकी सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बागलुङ नगरपालिका–११ रायडाँडाकी २८ वर्षीया पवित्रा थापामगरको हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौँ लगिएको छ ।

मगरले आज बिहान शल्यक्रियामार्फत धौलागिरि अस्पतालमा छोरा जन्माए पनि अत्याधिक रक्तश्रावका कारण थप उपचारका लागि काठमाडौंस्थित टिचिङ अस्पताल पठाइएको धौलागिरि अञ्चल अस्पताल बागलुुङका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र पोखरेलले जानकारी दिए ।

शल्यक्रियामार्फत बच्चा निकालिए पनि रक्तश्राव नरोकिएपछि काठमाडौं रेफर गर्नुपरेको अस्पतालले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि