जेठ ०९, २०८१, बुधबार
               

वडाध्यक्षले दिल्लीबाट राति छोरालाई ल्याए तर क्वारेन्टाइनमा राखेनन्

नेपाल फ्ल्यास
जेठ ०२, २०७७

ADVERTISEMENT

सप्तरीका एकजना वडा अध्यक्षले भारतमा अध्ययनरत आफ्ना छोरालाई घर ल्याएका छन् । जिल्लाको बोदेबर्साइन नगरपालिका–६ का अध्यक्ष जयराम साहका छोरा भारतको नयाँ दिल्लीमा इन्जिनियरिङ अध्ययनरत थिए । उनी बुधबार राति घर आएका छन् ।

अरुलाई सीमाबाट छिर्न रोक लगाइए पनि वडा अध्यक्षका छोरा कसरी घर आइपुगे भनी स्थानीयले आश्चर्य व्यक्त गरेका छन् । भारतबाट आएका छोरालाई वडाध्यक्ष साहले घरमै परिवारसँगै राखेका छन् ।

किन क्वारेन्टाइनमा नराखिएको भन्ने जिज्ञासामा उनले क्वारेन्टाइनमा पठाइसकिएको प्रतिक्रिया दिए । बोदे बर्साइन नगरपालिका–५ स्थित मावि बोदे बर्साइनको क्वारेन्टाइनमा उनलाई पठाइएको वडाअध्यक्षले बताए पनि बिहीबार रातिसम्म क्वारेन्टाइन पुगेका छैनन् ।

बोदे बर्साइन नगरपालिकाका स्वास्थ्य संयोजक एवं क्वारेन्टाइन प्रमुख ऐयुब राइनले वडा अध्यक्षका छोरा क्वारेन्टाइनमा नआएको बताए ।

वडा अध्यक्षले नै भारतबाट आएका छोरालाई घरमा राखेको भन्दै गाउँले त्रसित भएका छन् । उनीहरूले छोरालाई अविलम्ब क्वारेन्टाइनमा पठाएर वडाध्यक्षसहित परिवारका सबैको परीक्षण गर्नुपर्ने बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि