असोज ०६, २०८१, आइतबार
               

डिजिटलमार्फत परीक्षाफल सार्वजनिक

रासस
जेठ ०२, २०७७

ADVERTISEMENT

लकडाउन नभएको भए यतिबेला नयाँ शैक्षिकसत्र सुरु भई नयाँ कक्षामा नयाँ पाठ्यपुस्तकसहित विद्यार्थीले उमङ्गका साथ अध्ययन गरिरहेका हुन्थ्ये । तर चैत ११ गतेदेखि नेपालमा जारी लकडाउनका कारण अहिले शैक्षिक संस्था ठप्प छन् भने एसइईको परीक्षा लामो समयदेखि स्थगन भएको छ ।

लकडाउन जारी रहेका कारण बागलुङका अधिकांश विद्यालयले परीक्षा फल निकाल्न ढिलो भएको भन्दै प्रविधिको प्रयोग गरेर वार्षिक परिक्षाफल प्रकाशित गरेका छन् ।

विद्यालयको सूचनापाटीमा रिजल्ट टाँसेर परीक्षाफल प्रकाशित गर्ने विद्यालयले लकडाउनका कारण फरक शैलीमा परीक्षाफल निकालेका छन् । विद्यालयले फोन, एसएमएस, फेसबुक, म्यासेन्जर र भाइबरमार्फत परीक्षा फल प्रकाशित गरेका हुन् ।  

सूचनापाटी टाँसेको परीक्षाफल फोटो खिचेर फेसबुकमार्फत सार्वजनिक गरेको र कक्षा शिक्षकले समेत फोनबाट विद्यार्थी तथा अभिभावकलाई परीक्षाफलका विषयमा जानकारी दिएको सिगाना माध्यामिक विद्यालय तित्याङका प्रधानध्यापक गोपालकुमार शर्माले जानकारी दिए । 

 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि