असोज ०६, २०८१, आइतबार
               

पिसिआर परीक्षणको दायरा बढाउन सर्वोच्चको आदेश

नेपाल फ्ल्यास
जेठ ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । सर्वोच्च अदालतले पिसिआर परीक्षणको दायरा बढाउन सरकारलाई  आदेश दिएकाे छ ।

सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलाशले नागरिकको जीवनरक्षाका लागि सम्भव भएसम्म पिसिआर विधिबाटै स्वास्थ्य परीक्षण गराउन र परीक्षणको दायरा फराकिलो बनाउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो । 

त्यसैगरी अहिले नागरिकको स्वास्थ्य सुरक्षाका लागि सरकारले गर्नुपर्ने काम राम्रोसँग गर्न नसकेको भन्दै रिट परेकाे हुँदा परीक्षणको दायरा फराकिलो बनाउन नसक्नुको कारण के हो सो बारे १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि महान्यायधिवक्ताको कार्यालयलाई लेखी पठाउने आदेश दिएकाे छ । 
 

यो पनि