जेठ ०६, २०८१, आइतबार
               

बर्दियाको क्वारेन्टाइनबाट युवती भागेपछि...

नेपाल फ्ल्यास
जेठ ०१, २०७७

ADVERTISEMENT

बर्दिया । बर्दियामा क्वारेन्टाइनमा बसेकी एक युवती बिहीबार (आज) बिहान फरार भएकी छिन् । 

मधुवन नगरपालिका–८ शिवदुर्गा माध्यमिक विद्यालय दुर्गापुरमा रहेको क्वारेन्टाइनबाट उनी फरार भएकी हुन् । 

क्वारेन्टाइनबाट उनी भागेको जानकारी पाउनासाथ खोजी भइरहेको वडाध्यक्ष विजय रानाले  जानकारी दिए । 

काममा रहेका प्रहरी शौच गर्न गएको मौका छोपी युवती फरार भएकी हुन् ।  

विद्यालयमा ४३ शय्या रहेकोमा अहिले त्यहाँ पाँच जना मात्र  छन् । 

तीमध्ये चार पुरुष र एक महिला थिए । निज युवती पाँच दिनअघि मात्र बाँकेबाट आएकी हुन् ।


कस्तो लाग्यो ?

यो पनि