जेठ ०७, २०८१, सोमबार
               

यसरी हुँदैछ नवलपरासीका कोरोना सङ्क्रमितको उपचार

नेपाल फ्ल्यास
जेठ ०१, २०७७

ADVERTISEMENT

परासी । कोरोना सङ्क्रमण पुष्टि भएका नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का ३६ वर्षीय युवकको पृथ्वीचन्द्र अस्पताल परासीको आइसोलेशनमा राखी उपचार सेवा शुरु गरिएको छ । 

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)  प्रतापपुर गाउँपालिका–५ बड्की बैदौलीका ती युवकलाई बुधबार कोरोना सङ्क्रमण पुष्टि भएपछि राति नै अस्पताल ल्याइएको हो ।

ती युवकको पृथ्वीचन्द्र अस्पतालमै उपचार गरिने अस्पतालका निमित्त प्रमुख डा. मोहम्मद नुरुल होदाले जानकारी दिए । 

“जिल्लामा कोरोना सङ्क्रमित बिरामी पहिलो पटक भेटिएकाले हामीले अस्पतालको बहिरङ्ग सेवा (ओडिडी) आजदेखि नै बन्द गरी कोभिडका बिरामीको उपचार शुरु गरेका छौँ, बिरामीको हामी यहीँ उपचार गर्छौँ, हामीसँग उपचारका लागि आवश्यक किट पनि उपलब्ध छन्”,उनले भने । कोभिडको उपचार सेवा शुरु भएपछि  अस्पतालले आजदेखि आकस्मिक र प्रसूतिबाहेक सेवा बन्द गरेको छ ।

गत वैशाख २९ गते नै स्वास्थ्य कार्यालयले ती युवकसहित ३० जनाको स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएको थियो । अन्य २९ जनाको भने रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले जानकारी दिए । 

युवकको यात्रा विवरण र उनीसँग सम्पर्कमा आएकाहरुको विवरणको अनुसन्धान शुरु गरिने प्रमुख ढकालले बताए “तीन दिनभित्र हामी ती युवकको कन्ट्रयाक टे«सिङ्ग गर्छौँ”, उनले भने ।


कस्तो लाग्यो ?

यो पनि