असोज ०६, २०८१, आइतबार
               

गुल्मी पाँच दिन सिल

नेपाल फ्ल्यास
बैशाख ३१, २०७७

ADVERTISEMENT

गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लाका सबै नाका सिल गर्ने निर्णय गरेको छ । 

कोरोना भाइरस (कोभिड–१९) संकट व्यास्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले जेठ १ गतेदेखि ५ गतेसम्म जिल्लाका सबै नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले प्रदेश ५ का छिमेकी जिल्लाहरुमा कोरोना संक्रमण दैनिक बढ्दै गएकाले अहिलेलाई पाँच दिन मानिसहरुको आवतजावज पूर्ण रुपमा बन्द गरिएको जानकारी दिए ।

उनले एम्बुलेन्स, शव बहान, मृत्यु संस्कार, विद्युत्, सञ्चार, खानेपानी, औषधि र इन्धन बाहेक अन्य सवै प्रकारका सवारी साधनहरुको आवागमन बन्द गर्ने निर्णय भएको बताए ।

त्यस्तै सर्वसाधरण नागरिक बिरामी भएको अवस्था बाहेक घरबाट बाहिर ननिस्कने, सहकारी तथा वित्तिय संस्था पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

अत्यावश्यक दैनिक उपभोग्य वस्तु जस्तै इन्धन, दाल, चामल, तेल, नुन, दूधडेरी, तरकारी तथा फलफुल पसलहरुमा अनिवार्य हात धुने व्यावस्था गर्ने र बिहान ११ बजेदेखि १ बजेसम्म मात्र बिक्री वितरण गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी लक्ष्मण पाण्डेयले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि