असोज ०६, २०८१, आइतबार
               

शौचालयकाे भेन्टिलेसन् फोडेर भागे २ कोरोना संक्रमित

नेपाल फ्ल्यास
बैशाख ३१, २०७७

ADVERTISEMENT

वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमित भागेका छन् । दुई जना संक्रमित युवकहरू अस्पतालबाट भागेका हुन्।

अस्पतालका अनुसार उनीहरू अस्पतालको शौचालयको भेन्टिलेसन् फोडेर भागेका हुन् ।  उनीहरू मंगलबार भर्ना भएका थिए । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले घटनाबारे बुझ्ने काम भइरहेको बताए । 

वीरगन्ज महानगरपालिका-१६ र १३ का दुई संक्रमितमध्ये एकजना १७ र अर्का ३० वर्षका छन् । वीरगन्जको नारायणी अस्पतालमा ६९ जना कोरोना संक्रमित उपचाररत छन् ।


कस्तो लाग्यो ?

यो पनि