जेठ ०७, २०८१, सोमबार
               

नर्समा कोरोना संक्रमण भेटिएपछि शंखधर चोक वरपर सिल

नेपाल फ्ल्यास
बैशाख ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । मंगलबार भक्तपुरमा बस्दै आएकी २५ वर्षीया एक महिलामा कोरोना संक्रमण देखिएपछि मध्यपुर थिमी नगरपालिका ४ को शंखधर साख्वा चोक वरपरको क्षेत्र सिल गरिएको छ ।

मंगलबार मध्यपुर थिमी नगरपालिका वडा नं ४ शंखधर साख्वा चोक बस्ने स्वास्थ्यकर्मी (नर्स) मा कोरोना संक्रमण पुष्टि भएको थियो । 

सिल गरिएको क्षेत्रमा यातायात सञ्चालनमा रोक लगाइएको छ । उक्त क्षेत्रको सडकमा डोरी टाँगेर र बार राखेर सडक बन्द गराइएको छ ।

कोरोना भाइरस संक्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यालयले उक्त क्षेत्रमा सिल गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि