जेठ ०७, २०८१, सोमबार
               

ललितपुरको निदान अस्पताल सील

नेपाल फ्ल्यास
बैशाख ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । ललितपुरको पुल्चोकमा रहेका आरोग्य फाउन्डेसन र निदान अस्पतालमा सील गरिएको छ ।

आरोग्य फाउन्डेसनमा कार्यरत २५ वर्षीया नर्समा मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै आरोग्य फाउन्डेसन र निदान अस्पतालमा सील गरिएको हो ।

आरोग्य फाउन्डेसन र निदान अस्पताल एकै भवनमा अवस्थित छ ।

कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणको जोखिम कम गर्न उक्त भवनमा सील गरिएको प्रहरीले जनाएको छ ।

बुधबार बिहान सील गरिएको भवनमा सुरक्षाकर्मीले  कसैलाई पनि प्रवेश गर्न दिएका छैनन् ।


कस्तो लाग्यो ?

यो पनि