जेठ ०७, २०८१, सोमबार
               

भक्तपुरमा २५ वर्षीया नर्समा पनि कोरोना संक्रमणको पुष्टि

नेपाल फ्ल्यास
बैशाख ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । भक्तपुरमा मंगलबार कोरोना संक्रमण पुष्टि भएकी महिला नर्स भएको खुल्न आएको छ । 

सुनसरीको रामधुनी नगरपालिका स्थायी घर भइ हाल भक्तपुरको ठिमीमा बस्दै आएकी २५ वर्षाीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । 

उनी आरोग्य अस्पतालमा कार्यरत नर्स भएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जानकारी दिएको छ ।

उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि हाल टेकु अस्पतालमा भर्ना गरिएको छ । 

यसअघि मंगलबार कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत नर्समा कोरोनाभाइरस पोजेटिभ रहेको पुष्टि भएको थियो । 

योसँगै नेपालमा दुई जना नर्समा कोरोना पुष्टि भएको छ । 

यसैगरी भक्तपुरमै मंगलबार कोरोना पुष्टि भएका अर्का एक जना पूर्वमन्त्री भीम रावलका सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवान हुन् ।

उनलाई पनि टेकुमा भर्ना गरिएको छ भने परिवारका अन्य सदस्यको पीसीआर टेस्टको तयारी गरिएको छ।  


कस्तो लाग्यो ?

यो पनि