जेठ ०७, २०८१, सोमबार
               

यसरी उपत्यका प्रवेश गरेका थिए काठमाडौं र भक्तपुरमा भेटिएका संक्रमित

नेपाल फ्ल्यास
बैशाख ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं र भक्तपुरमा भेटिएका तीन जना कोरोना संक्रमित यही लकडाउनकाबीच काठमाडौं उपत्यका प्रवेश गरेको पाइएको छ।

मंगलबार कोरोना संक्रमण पुष्टि भएका तीन जनामध्ये काठमाडौंकी ३३ वर्षीया महिला तथा भक्तपुरका २५ वर्षकी महिला र २७ वर्षका पुरुष छन्।

तीमध्ये काठमाडौं चन्द्रागिरि नगरपालिका ९ की छिन् । उनी वैशाख २९ गते कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आएको खुलेको छ । उनी गत आइतबार निजी गाडीको पास बनाएर काठमाडौं प्रवेश गरेकी हुन्।

यस्तै भक्तपुर निवासी २५ वर्षिया महिला पनि सुनसरीबाट वैशाख २९ गते नै काठमाडौं उपत्यका प्रवेश गरेको पाइएको छ। उनी मोटरसाइकलको पास बनाएर काठमाडौं आएकी हुन्। उनी दुई दिन अगाडि सुनसरीबाट मोटरसाइकल चढेर भक्तपुर आएकी थिइन् ।

स्वास्थ्य मन्त्रालयको स्रोतका अनुसार भक्तपुरकै अर्का संक्रमित २७ वर्षिय पुरुष पनि केही दिनअघि मात्र सवारी पास बनाएर तराईबाट आएका थिए।

संक्रमित २७ वर्षीय पुरुष भक्तपुरको चाँगुनारायण नगरपालिका १ दुवाकोटस्थित घरमा बस्दै आएका थिए । उनी नेकपा नेता भीम रावल गृहमन्त्री हुँदा सुरक्षा टोलीका सदस्य रहेको बताइएको छ । उनको 'ट्राभल हिस्ट्री' लिने काम जारी छ ।

भक्तपुरका संक्रमित महिला बस्ने डेरा ठिमीमा छ भने पुरुषको डेरा दुवाकोटमा रहेको बताइएको छ।

यी तिनै जनाको स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो। 

अहिले उनीहरू सबैलाई टेकुमै रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ।


कस्तो लाग्यो ?

यो पनि