जेठ ०७, २०८१, सोमबार
               

नर्समा पनि देखियो कोरोना संक्रमण, भारतबाटै आएका थिए थप नयाँ संक्रमित

नेपाल फ्ल्यास
बैशाख ३०, २०७७

ADVERTISEMENT

कपिलवस्तु । कपिलवस्तुमा एक नर्समा कोरोना संक्रमण पुष्टि भएको छ ।  नेपालमै पहिलो पटक नर्सलाई कोरोना संक्रमण भएको यो पहिलो घटना हो ।

कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत नर्समा कोरोनाभाइरस पोजेटिभ रहेको पुष्टि भएको हो । 

प्रदेश नम्बर ५ को प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले ती नर्समा कोरोना संक्रमण पुष्टि भएको बताए । 

उनका अनुसार आज कोरोना संक्रमण पुष्टि भएका कपिलवस्तुका ८ जना नै कलिपलवस्तु नगरपालिकाका  हुन् । 

हालसम्म १९१ जनामा कोरोना पुष्टि हुँदा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थिएन ।

केही अघि त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा कार्यरत दुई नर्समा कोरोना परीक्षण गर्दा आरडीटी पोजेटिभ आएको थियो तर पीसीआर परीक्षणमा नेगेटिभ आएको थियो । 

प्रदेश ५ मा मंगलबारमात्रै कपिलबस्तुमा ८ र रुपन्देहीमा ९ गरी १७ जना कोरोना संक्रमित थपिएका छन् । 

यसअघि सोमबार पनि कपिलबस्तु,  रुपन्देही र बर्दिया जिल्लामा गरेर २३ जना थपिएका थिए ।

योसँगै प्रदेशमा संक्रमितको संख्या ७० पुगेको छ ।  भारतको मुम्बई र दिल्लीबाट आउनेहरुमा सबैभन्दा बढी संक्रमण देखिएको छ। 

मुम्बई र कानपुरबाट नेपाल प्रवेश

मंगलबार कोरोना संक्रमण पुष्टि भएका रुपन्देहीका नौ जना लुम्बिनी सांस्कृतिक नगरपालिकाका बासिन्दा भएको खुलेको छ ।

संक्रमितहरूमध्ये वडा नंं ११ का ३ जना, वडा नंं १२ का २ जना, वडा नंं। ७ का २ जना, वडा नंं। ५ का १ जना र वडा नंं ४ का १ जना छन् । उनीहरू १७ देखि ५० वर्ष उमेरका पुरुष हुन् ।

उनीहरू लकडाउनको समयमा भारतको मुम्बई र कानपुरबाट नेपाल–भारत सीमा क्षेत्र दशगजासम्म आइपुगेका थिए ।

दशगजा क्षेत्रबाट उनीहरू सुरक्षाकर्मीको आँखा छलेर आठ दिनअघि लुकिछिपी नेपाल प्रवेश गरेका थिए । उनीहरूलाई लुम्बिनीस्थित श्रीलंकन गेस्ट हाउसमा बनाइएको क्वारेन्टाइनमा राखिएको नगर प्रमुख मनमोहन चौधरीले बताए ।

वडा नंं. ४ का एकजना क्वारेन्टाइनमा नगई घर बसेका थिए । भोलिपल्ट मात्रै उनलाई क्वारेन्टाइनमा ल्याइएको थियो । अन्यको कन्ट्याक्ट ट्रेसिङ पत्ता लगाउने प्रक्रिया सुरु भइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि