जेठ ०७, २०८१, सोमबार
               

काठमाडौंमा लकडाउन कडा पार्न प्रधानमन्त्रीको निर्देशन

नेपाल फ्ल्यास
बैशाख ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकामा लकडाउन कडा पार्न निर्देशन दिएका छन् । 

कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बनाइएको उच्चस्तरीय समन्वय समितिको सिफारिसका आधारमा काठमाडौं उपत्यकामा लकडाउन खुकुलो पारिएको थियो ।

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले काठमाडौंको लकडाउन सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था खोल्ने नाममा प्रभावकारी नभएको भन्दै असन्तुष्टि जनाएका थिए । 

उनले आर्थिक गतिविधि भन्दा मानिसको जीवन ठूलो हुने भएकाले लकडाउनमा कडाइ गर्न निर्देशन दिएका एक मन्त्रीले जानकारी दिए ।

आजै उच्चस्तरीय समितिको बैठक बस्ने तयारी छ । 

बैठकले उपत्यकालगायत विभिन्न क्षेत्रमा लकडाउन कडा पार्ने बारेमा निर्णय गर्ने भएको छ ।

यसैबीच, आज मात्रै नेपालमा थप ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना  रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या  १ सय ९१ पुगेको छ । 


कस्तो लाग्यो ?

यो पनि