जेठ ०५, २०८१, शनिबार
               

६५२ परिवारलाई महाकुलुङ गाउँपालिकाद्वारा राहत वितरण

विवश कुलुङ
बैशाख ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । हिमाली जिल्ला सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले काठमाडौं उपत्यकामा अस्थाई बसोबास गर्ने महाकुलुङबासीलाई राहत वितरण गरेको छ ।

लकडाउनको कारण समस्यामा परेका आफ्ना नागरिकहरूलाई राहत वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाँउपालिकाले काठमाडौंमा अध्ययनरत विद्यार्थी, व्यवशायी तथा श्रमिकहरू गरी ६५२ परिवारलाई राहत वितरण गरेको हो । गाँउपालिका अध्यक्ष सागर किरातीको नेतृत्व तथा सकृयतामा प्रतिपरिवार २५ किलो चामल, ४ किलो दाल र १ लिटर खानेतेल राहतको रुपमा वितरण गरिएको हो ।

काठमाडौं उपत्यकाभित्र लकडाउनको मारमा परेका ६५० जना नागरिकको उद्धार गाउँपाललिकाले यसअघि नै गरिसकेको जनाएको छ । घर जान नचाहेका महाकुलुङबासीलाई समेत काठमाडौं नै आएर राहत दिइएको गाउँपालिका अध्यक्ष सागर किरातीले बताए । उनका अनुसार उद्दार गरिएका सबैको सामान्य परीक्षण गरी ‘होम क्वारेन्टाइन’मा राखिएको र शंकास्पदको आरडिटी परीक्षण समेत गरिएको थियो ।

गाउँपालिकाको प्रशासनिक खर्च, जनप्रतिनिधिहरूको एक महिनाको पारिश्रमिक र प्रशासन कर्मचारीहरूको केही दिनको तलबसमेत राहत कोषमा जम्मा गरी राहत वितरण गरिएको गाउँपालिकाका अध्यक्ष किरातीले बताए । सङ्कटको बेला गाउँपालिकाले उद्दार र राहत वितरण गरेको भन्दै स्थानीयहरूले खुशी व्यक्त गरेका छन् । 


 

कुलुङ नेपाल फ्ल्यासका डेस्क सम्पादक हुन् । उनी समसामयिक विषयमा कलम चलाउँछन् । विशेष गरी उनी पर्यटन एव‌‌‌म् खेलकुदसँग सम्बन्धित विषयमा रुचि राख्छन् ।

कस्तो लाग्यो ?

यो पनि